अर्थ

सरकारी र नीजी क्षेत्रका कर्मचारीलाई देश दर्शनका लागि प्रोत्साहन गरिने

सरकारले भूमि बैंक स्थापना गर्ने भएको छ। आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड विनियोजन गरेको बताए।  यस्तै समृद्धिका लागि वन कार्यक्रम ल्याइने, जडिबुटि विकासका लागि विशेष कार्यक्रम ल्याइने बताए। महिलाका नाममा जग्गाको स्वामित्व दिँदा थप सहुलियत दिने अर्थमन्त्रीलेब बताए।  

हवाई सेवा, होटल, ट्रेकिङ, पर्वतारोहण क्षेत्रमा कर छुटको व्यवस्था गरिने बताए। पर्यटन पूर्वाधारका लागि १ अर्ब २६ करोड छुट्याइएको छ। ग्रामीण विद्युतिकरणका लागि ४ अर्ब विनियोजन गरिएको छ। वैकल्पिक उर्जाका लागि ४ अर्व १३ करोड विनियोजन गरिएको छ।  

नीजि क्षेत्र र राष्ट्रसेवक कर्मचारीलाई कोरोना अन्त्यसँगै देशदर्शनका लागि प्रोत्साहन गरिने गरि कार्यक्रम ल्याइएको छ। नेपालगञ्ज र भैरहवाको सीमानमा एकीकृत भन्सार जाँच चौकी बनाउने सरकारले बताएको छ। १ सय ३० औद्योगिक ग्राम स्थापनाका लागि २ अर्ब ६४ करोड छुट्याइएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्व छुट्याइएको छ। युवा तथा खेलकुद क्षेत्रमा २ अर्व ३६ करोड विनियोजन गरिएको छ।

 

 

 

 

 

 

प्रकाशित: १५ जेष्ठ २०७७ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App