अर्थ

नाडा अटो सोबाट डाट्सनको फेस्टिभ हटडिल

काठमाडौं – नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडवाडको अवसरमा ‘फेस्टिभ हटडिल’ योजना ल्याएको छ । यो योजनानाडा अटो सोदेखि नै लागू हुने कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गत ग्राहकले डाट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य थुप्रै सुविधा प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ । १ लाख ६ हजारसम्मको निःशुल्क एसेसरिज, २ लाखसम्मको नगद छुटसमेत गरी ३ लाख ६६ हजारसम्मको लाभ लिन सक्ने कम्पनीले जनाएको छ।

नाडा अटो सोको अवसरमा बुकिङ गर्ने ग्राहकले २७ हजार बराबरको स्मार्टफोन पनि प्राप्त गर्न सक्नेछन् । गाडी खरिदमा न्यूनतम ८ हजार ४ सय १ रुपैयाँ मासिक किस्ताबन्दी योजनासमेत रहेको विज्ञप्तिमा छ।

योजनाअन्तर्गत डाट्सन गाडी खरिद गर्ने ग्राहकले डाट्सन रेडी गोमा अधिकतम  २ लाख ७८ हजार २ सय, डाट्सन गोमा अधिकतम ३ लाख ३५ हजार र र डाट्सन गो प्लसमा अधिकतम ३ लाख ६६ हजार ८ सयसम्मको लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २६ भाद्र २०७५ ०६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App