अर्थ

ग्यालेक्सी जेड फोल्ड- ६ र फ्लिप- ६ का लागि झन्डै दुई गुणा प्रि–अर्डर

सामसङ नेपालले बजारमा ल्याएको ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ का लागि अघिल्लो जेनेरेसनको फोल्डेबलको तुलनामा झन्डै दोब्बर प्रि–अर्डर भएको छ। मंगलबारसम्मका लागि बुकिङ खुल्ला गरेको सामसङले दोब्बर बुकिङ भएको जनाएको हो। ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ भने अहिले बजारमा उपलब्ध छन्।  

“नेपालमा हाम्रा नयाँ फोल्डेबलहरू, ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ लाई उपभोक्ताको अत्यधिक प्रतिक्रियाको लागि हामी खुसी र आभारी छौँ। हाम्रा नयाँ छैटौँ जेनेरेसनको फोल्डेबल स्मार्टफोनहरूले ग्यालेक्सी एआइको अर्को अध्याय खोल्न, प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाइमा पु¥याउन तथा सञ्चार, उत्पादकता र रचनात्मकतामा नयाँ मोबाइल अनुभवहरूको दायरा दिन सक्षम भएको छ,” सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने ।  

नयाँ फोल्डेबलहरू ग्यालेक्सी जेड सिरिजको अहिलेसम्मकै सबैभन्दा स्लिम र हलुका स्मार्टफोन भएको सामसङको भनाइ छ। ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्लाग्लास भिक्टस २ रहेको र यसले स्मार्टफोनलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाउने कम्पनीका दाबी छ।  

मूल्य र उपलब्धता

ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ को अतिरिक्त, सामसङले एआई–इनफयुजड ग्यालेक्सी इकोसिस्टम प्रदक्तहरू– ग्यालेक्सी वाच७ र ग्यालेक्सी बड्स३ पनि प्रस्तुत गरेको छ। 

सबै प्रि–अर्डर अफरहरू अहिले उपलब्ध नभए पनि उपभोक्ताहरूले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षका लागि १ पटकको ब्रेकेज बिमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।  

प्रकाशित: १७ श्रावण २०८१ १२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App