अर्थ

नयाँ ग्यालेक्सी जेड फोल्ड-६ र जेड फ्लिप-६ को प्रि-अर्डर सुरु, कति पर्छ मूल्य ?

सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड-६ र जेड फ्लिप-६ को प्रि–अर्डर सुरु गरेको छ । काठमाडौंमा बुधबार एक कार्यक्रम गरी सामसङ नेपालका प्रबन्ध निर्देशक इनसु किम, निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड- २०१८ शृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड-६ र ग्यालेक्सी जेड फ्लिप-६ सिरिज सार्वजनिक गरेका हुन्।  

'फोल्डेबलका लागि सामसङको निरन्तर आविस्कारले नयाँ ग्यालेक्सी जेड फोल्ड-६ र ग्यालेक्सी जेड फ्लिप-६ सँग ग्यालेक्सी एआईको अर्को अध्याय खोलेको छ। फोल्डेबल फोर्म फ्याक्टरलाई एआई–इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमसँग मिलाएर, हाम्रा नयाँ स्मार्टफोनहरूले प्रयोगकर्ताहरूलाई एक आकर्षक अनुभव प्रदान गरेर नयाँ सम्भावनाहरू अन्लक गर्न सशक्त बनाउँछ,' सामसङका निर्देशक प्रणय रत्न स्थापितले भने ।  

‘लन्च’ कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्कले ग्यालेक्सी एआई (आर्टिफिसियल इन्टेलीजेन्स) रहेका यी फोनले मानिसको दैनिकीमा ‘व्यापक’ मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले यो वर्ष सामसङका २० करोड ग्यालेक्सी डिभाइसमा ग्यालेक्सी एआई उपलब्ध भइरहेको बताए ।

ग्यालेक्सी जेड फोल्ड-६ र फ्लिप-६, ग्यालेक्सी जेड सिरिजका अहिले सम्मकै सबैभन्दा पातलो र हल्का डिभाइसहरू हुन्, र सिधा एड्जहरूसँग पूर्णरूपमा सममित डिजाइनका साथ आउँछन्। ग्यालेक्सी जेड फोल्ड-६ ले नयाँ कभर स्क्रिन अनुपातको साथ अझै  प्राकृतिक बार–टाइप भीउ इंग एक्सपिरिएन्स प्रदान गर्दछ। नयाँ ग्यालेक्सी जेड सिरिज  पहिलेभन्दा धेरै टिकाउ रहेको कम्पनीको दाबी छ। डुअल रेल हिङ्ग संरचनालाई बलियो फोल्डिङ एजले थप बलियो बनाएको छ । 

प्रमुख स्क्रिनमा परिष्कृत तहहरूले बल कायम राख्दै क्रिज सुधार गर्न मद्दत गरेको छ । ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्लाग्लास भिक्टस २ पनि छ, जसले यसलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाएको कम्पनीको दाबी छ।  

मूल्य र उपलब्धता

सामसङले बुधबार सुरु भएको अफर आगामी १५ गतेसम्ममात्र कायम रहने बताएको छ। 

जेड फोल्डजस्तै एआई फिचर रहेको जेड फिल्प ६ मा फोन फिल्क्सविन्डोमा रहेका बेला म्यासेज देखिँदै जाने र एआईको मद्दतबाट रिप्लाई गर्न सकिने सुविधा छ । फिल्क्सविन्डोलाई कैयौँ तरिकाले कस्टुमाइज गर्न सकिने अप्सन पनि फोनमा उपलब्ध छ ।

जेड फिल्प ६ को पछाडि ५० मेगापिक्सेल र १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा छ । ४००० एमएएचको ब्याट्री गीत सुन्दा ६८ घण्टा र भिडियो हेर्दा २३ घण्टा टिक्ने कम्पनीले जनाएको छ ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी जेड फोल्ड ६ र जेड फिल्प ६ मा अनेकौँ महत्त्वपूर्ण एआई फिचर रहेको बताए । उनले हाल नयाँ ग्राहकलाई विशेष नगद छुट र अफर रहेको जानकारी गराए ।

फोनसँगै सामसङले २२ हजार ९९९ रुपैयाँ पर्ने बड्स थ्री र ३१ हजार ९९९ रुपैयाँको बड्स थ्री प्रो पनि सार्वजनिक गरेको छ ।

यस्तै, सामसङको वाच ७ पनि नेपालमा उपलब्ध छ । यसको ४० मिलिमिटर साइजको भेरियन्टको प्रतिमूल्य ४४ हजार ९९९ र ४४ मिलिमिटर साइजको भेरियन्टको मूल्य ४९ हजार ९९९ रुपैयाँ कायम छ ।

प्रकाशित: २ श्रावण २०८१ १४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App