अर्थ

सामसङको अफरः ग्यालेक्सी एस २४ को साथ पाँच हजारमा ग्यालेक्सी बड्स एफई

स्मार्टफोन प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा अग्रणी रहेको ब्रान्ड सामसङले ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन र ग्यालेक्सी बड्स एफई एक छुटाउनै नहुने अफर ल्याएको छ।

 ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन खरिद गर्दा मात्र पाँच हजार थप गरी ग्राहकहरूले १५ हजार रुपैयाँको ग्यालेक्सी बड्स एफई पनि साथमा पाउन सक्ने छन्। ग्राहकहरूले यो छुटाउनै नहुने आफ्नो टेक अपग्रेड गर्ने, सिमलेस कनेक्टिभिटी, टपटियर पर्फमेन्स र क्रिस्टल क्लियर साउन्ड पाउने मौका सबै यो आकर्षक छुट मूल्यअफर लागु रहुन्जेल फाइदा उठाउन सक्छन्।  

यो अफर सामसङद्वारा प्रदान गराइएको इनस्टा फाइनान्स सेवाबाट शुन्य प्रतिशत ब्याजमा बिना कुनै वित्तीय झन्झट लिन सकिन्छ। इसका लागि आफ्नो नागरिकताको साथ ग्राहकहरुले ग्यालेक्सी बड्स एफई प्राप्त गर्न थप गर्नुपर्ने पाँच हजार रुपैयाँ स्मार्टफोनसँग शुन्य प्रतिशत ब्याज रहेको इन्स्टा फाइनान्सको ईएमआईमा समग्र हुने गरी यो बन्डल खरिद गर्न सक्छन्।

यो अफर असार ६ गतेदेखि स्टक रहुन्जेलसम्म कायम रहने सामसङले जनाएको छ। 

प्रकाशित: ५ असार २०८१ १८:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App