अर्थ

सामसङ मोबाइलले घटायो बजार मूल्य, अब कतिमा आउँछ मोबाएल ?

सामसङ नेपालले नेपाली बजारमा मोबाइलको मूल्य घटाएको छ । सर्वाधिक विक्री भइरहेका ग्यालेक्सी ए ट्वेन्टीफाइभ फाइभजी, ग्यालेक्सी एमफोर्टिन एलटीई र ग्यालेक्सी एफाइभमा सामसङले प्रत्येक मोबाइलमा एक हजारदेखि दुई हजार रुपैयाँसम्म घटाएको हो । यसले स्मार्ट फोनमा सर्वसाधारणको पहुँच सहज बनाउने अपेक्षा कम्पनीको छ ।  

नयाँ मूल्यअनुसार ग्यालेक्सी ए ट्वेन्टीफाइभ फाइभजीको २५६ जीबी क्षमता भएको मोबाइल ४२ हजार ९९९ र १२८ जीबी क्षमता भएको मोबाइल ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यी मोबाइलमा क्रमशः दुई र एक हजार रुपैयाँ घटाइएको हो ।  

यस्तै ग्यालेक्सी एमफोर्टिन एलटीईको मूल्य २० हजार ९९९ र ग्यालेक्सी एफाइभको मूल्य १७ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीको भनाइ छ ।  

ग्यालेक्सी ए ट्वेन्टीफाइभ फाइभजी ६.५ इन्चको स्क्रिन तथा ग्यालेक्सी एमफोर्टिन एलटीई र ग्यालेक्सी एफाइभ ६.७ इन्चको स्क्रिनमा बजारमा उपलब्ध छ ।  

सामसङले निरन्तररुपमा आकर्षक मूल्यमा गुणस्तरीय प्रविधि प्रदान गर्दै आइरहेको छ । सामसङले २५वाटको फास्ट चार्जिङ एड्याप्टर पनि निःशुल्क प्रदान गर्दै आएको छ । 

प्रकाशित: १८ जेष्ठ २०८१ १८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App