अर्थ

सानिमा बैंकद्वारा दुर्घटना बिमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी रकम हस्तान्तरण गरेको छ। 

बैंकका खातावाला टेकबहादुर मगरको दुर्घटना भई पूर्ण रूपमा अशक्त भएकोमा उनलाई बिमा रकम हस्तान्तरण गरिएको हो।  

बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशिलराज श्रेष्ठ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट दाबी प्रमुख नवराज पराजुलीले संयुक्त रूपमा बिमा रकमको चेक हस्तान्तरण गरेका छन्।

दुर्घटनामा परेका मगरले बैंकको एकान्तकुना शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए।

प्रकाशित: ७ चैत्र २०८० १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App