अर्थ

अघि बढ्यो ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया

सार्वजनिक खरिद अनुगमन कार्यालयले थप ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ।

ठेक्का लिएर समयमै काम नगर्ने र आपूर्ति नगरेपछि विभिन्न जिल्लाका स्थानीय तहहरूले सिफारिस गरेबमोजिम ११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया अघि बढाएको हो।

ती निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्न नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनिभित्र लिखित स्पष्टीकरण बुझाउन पनि कार्यालयले भनेको छ।

यी हुन् ती ११ निर्माण कम्पनीः

प्रकाशित: १ फाल्गुन २०८० ०८:३८ मंगलबार

सार्वजनिक खरिद अनुगमन कार्यालय कालोसूची आपूर्तिकर्ता स्थानीय तह निर्माण व्यवसायी