अर्थ

सनराइज क्यापिटलको सेयर बाँडफाँट

सनराइज क्यापिटलको सेयर बाँडफाँट कार्य सम्पन्न भएको छ।

क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा मोदी इनर्जी लिमिटेडको प्रतिसेयर १०० रूपैयाँ अङ्कित दरको ५५ लाख ५९ हजार ४ सय २० कित्ता सेयर सर्वसाधारणको लागि खुला गरेको थियो। साथै क्यापिटलका कर्मचारीहरूका लागि ५२ हजार ८ सय ४० कित्ता सेयर निष्कासन गरेको थियो।

 सेयरको लागि आवेदन दिने १२ लाख २९ हजार ७ सय ४१ जना आवेदकहरूलाई एउटै समूहमा राखि ५ लाख ६१ हजार २ सय २६ जनालाई १० कित्ताका दरले ५६ लाख १२ हजार २ सय ६० कित्ता सेयर नियमन निकायका प्रतिनिधिहरूको रोहबरमा निष्कासन तथा बिक्री प्रबन्धकका प्रतिनिधिको उपस्थितिमा क्यापिटले सेयर बाँडफाँट कार्य सम्पन्न गरेको हो।

प्रकाशित: १ जेष्ठ २०८० ०३:०६ सोमबार

सेयर बाँडफाँट सनराइज क्यापिटल