अर्थ

नक्सापास बिनै अपार्टमेन्ट निर्माण गर्ने समिटलाई नगरपालिकाले कारबाही गर्ने

ललितपुर महानगरपालिकाले नक्सापास पास नगरी स्वीकृत बिनै अपार्टमेन्ट निर्माण गरेको समिट अपार्टमेन्ट (तत्कालीन समिट होटल)लाई हदैसम्मको कानुनी कारबाही गर्ने भएको छ।

ललितपुर महानगरपालिका वडा नं १ र २ मा पर्ने बखुण्डोलस्थित साविक समिट होटल रहेको स्थानमा अपार्टमेन्ट निर्माणको क्रममा उत्पन्न समस्या सम्बोधन गर्न बसेको सर्वपक्षीय बैंठकले साविक समिट होटललाई हदैसम्मको कारबाही गर्ने निर्णय गरेको हो। यो अपार्टमेन्ट महानगरपालिकाबाट नक्सापास नगरी निर्माण गरिएको पाइएको छ।

यो अपार्टमेन्ट नेपालका अर्बपति विनोद चौधरी लगायतका समूहको लगानीमा निर्माण गर्न लागिएको हो। यो अपार्टमेन्टको वातावरणीय प्रभाव मूल्याङ्न(ईआईए) समेत नगरिएको फेला परेको छ। अपार्टमेन्टकै कारणले बखुण्डोलका चार वटा घर चर्किनुको साथै क्षतिग्रस्त भएका छन्।

आइतबार ललितपुर महानगरपालिकामा बसेको सर्वपक्षीय बैठकको निर्णय नम्बर १० मा महानगरपालिकाबाट नक्सा पास स्वीकृत नगराइ निर्माण कार्य गरेको देखिएको विषयमा महानगरपालिकाको सम्बन्धित पक्षलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने निर्णय भएको छ । 

प्रकाशित: २७ चैत्र २०७९ ०१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App