छविमा जहर मानमा भय दिलाउन लाउने,
रविमा ठहर ध्यानमा तय बिलाउन आउने ।
के सोचेर दौडिरहेको कलम रोक्न खोज्यो,
कविमा रहर ज्ञानमा लय मिलाउन गाउने ।
कमजोर सोचाइ लालची प्रवृत्ति डढाउनुपर्छ,
अर्थपूर्ण सरल जीवनको पाठ पढाउनुपर्छ ।
युगमा मानवीय अस्तित्व सुनिश्चित पार्न,
पगरी गुथाई सफलताको सगरमाथा चढाउनुपर्छ।
प्रकाशित: २६ माघ २०७७ १०:५६ सोमबार