कला

नारी कथामा आधारित पुस्तक बजारमा

काठमाडौं– साहित्यकार डा. महेश्वर शर्माको नारीको कथा व्यथामा आधारित ‘उहिलेको कुरा र अहिलेको कुरा’ नामक पुस्तक सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार भैरव रिमालले ‘उहिलेको कुरा र अहिलेको कुरा’ पुस्तक विमोचन गरेका थिए ।

‘नेपाली महिलाको अवस्था सुधार्न हाम्रो सोच परिवर्तन गर्नका लागि अझै लेख्नुपर्ने छ,’ पुस्तक विमोचन गरेलगत्तै साहित्यकार रिमालले भने, ‘हरेक लेखकको कलम समाजका लागि हुनुपर्छ ।’

कार्यक्रममा बोल्दै लेखक तथा पूर्वमन्त्री नरहरि आचार्यले लेखकिय स्वतन्त्रता नभएको पञ्चायतको समयमा पनि पत्रिका प्रकाशनमा लेखक शर्माले दिएको हौसलालाई स्मरण गरेका थिए । पुस्तकको समीक्षा गर्दै रजनी ढकालले विषयको गहिराईमा पुग्नु लेखकको खुबी रहेको बताइन् । ‘प्रायः मन भुलाउन मैले पुस्तकहरू लेख्ने गरेको छु । यो पुस्तकको मूल्यांकन गर्ने जिम्मा पाठकलाई दिन चाहन्छु,’ लेखक शर्माले भने ।

हालसम्म उनका २७ वटा कृतिहरू प्रकाशन भइसकेका छन् । कार्यक्रमको आयोजना गण्डकी साहित्य परिषद्ले गरेको थियो ।

प्रकाशित: १९ माघ २०७६ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App