कला

आफ्नो पराई

लघुकथा

व्यस्त शहरको मुख्य राजमार्गसँग जोडिएको भित्री गल्ली।

गल्लीका महलका धनी गृहस्थीले उसलाई गाडीको डिकीमा राखेर ल्याई यस गल्लीमा छाडिदिएका थिए। किनभने यो पनि बुढो हुन लागेको थियो। बुढो हुन लागे पनि उसको स्वभावमा पहरेदार नै थियो। बाहिरबाट आएको अर्को कुकुर गल्लीमा पसेको देखेर ‘मैले खाने भाग खोस्ने पर्‍यो’ भनेर भुक्यो।

त्यहाँ एउटा छाउरो पनि थियो। त्यो पनि भुक्यो।

अर्काले त्यहाँ लडाइँ गर्न सकेन र भन्यो, ‘तिमीहरूको अन्यायको फल तिमीहरू यही जन्ममा स्याल हुनु परोस्।’

‘दिनभरि दुलामा पसेर लुक्ने र राति चोर्न जाने’ आगन्तुक  गल्लीमा प्रवेश नपाएपछि सराप्दै ङिच्च दारा देखाएर फर्कियो। तर, यो पनि त्यही गृहस्थीकै पहरेदार थियो।

प्रकाशित: २६ चैत्र २०७९ ०७:०० आइतबार

अक्षर