क्लियर टिभीमा समाचार, मनोरञ्जन, चलचित्र, खेलकुद, बालबालिका र जीवनशैलीका नेपाली च्यानलसहित क्षेत्रीय च्यानल समावेश गरिने कम्पनीले जनाएको छ। क्लियर टिभीका लागि ग्राहकले सुबिसु केबल टिभी लाइनमा सेट टप बक्स जडान गरी उच्च गुणस्तरीय एचडी तस्बिर र अत्याधुनिक भिडियोहरुको अनुभव गर्न सकिने कम्पनीले जनाएको छ।
सुबिसु केवल नेट प्रालीका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले सुबिसुले नयाँ तथा अत्याधुनिक प्रविधिलाई प्राथमिकता दिदैँ आएको बताए। ‘हामीले स्टेट अफ आर्ट र कटिङ एज सेवामार्फत एनालग केबल टिभी, इन्टरनेट तथा इन्ट्रानेट सेवा ग्राहकहरुलाई प्रदान गर्दै आएका छौं,' उनले भने। क्लियर टिभीले यसमा थप नौलो आयाम थपेको छ।
‘नेपालमा बढ्दो डिजिटल प्रविधिको मागसँगै हाम्रो सेवाहरुमार्फत ग्राहकहरुलाई गुणस्तरिय सेवाको अनुभव गराउन चाहन्छौं,' उनले भने,’भिडियो ब्रोडकास्टिङ क्षेत्रमै यो सेवा अन्तर्राष्ट्रिय स्तरमै प्रमाणित अत्याधुकि प्रविधि हो।'
सुबिसुको सेट टप बक्समा अहिले एउटै स्त्रि्कनमा सम्पूर्ण सेवाहरुको विवरण, प्रत्येक च्यानलको एक हप्ताको विस्तृत तालिका, मनपर्ने कार्यक्रम सूचीकृत गर्न सकिने, मनपर्ने कार्यक्रम छुटेको खण्डमा पछि हेर्न सकिने लगायत विशेषताहरु छन्।
प्रकाशित: ३० आश्विन २०७१ २१:३६ बिहीबार



