प्रविधि

एफवान सफ्ट एघारौं वर्षमा

काठमाडौं– सफ्टवेयर विकास तथा बैंकिङ कारोबार सम्बन्धि विभिन्न उत्पादनमा संलग्न एफवान सफ्ट इन्टरनेसनलले स्थापनाको दस वर्ष पुरा गरेको छ।दस वर्ष पूरा गरेको उपलक्ष्यमा कम्पनीको कार्यालय हात्तिसारमा आयोजना गरिएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले निरन्तर पुराएको सहयोग र विश्वासका लागि ग्राहक, साझेदार कम्पनीलाई धन्यवाद दिए। उनले कम्पनीलाई अझ अघि बढाउन आगमी वर्षहरुमा निरन्तर सिर्जनशील काम गर्ने प्रतिवद्धता पनि जनाए। कम्पनी हाल बैंकिङ उत्पादनहरुमा नेतृत्वदायी भूमिकामा छ। कम्पनीले मोबाइल, इन्टरनेट लगायतका बैंकिङ सेवाहरु प्रदान गरिरहेको छ भने इसेवा जस्तो सिर्जनशील अनलाईन पेमेन्ट गेटवे ग्राहकलाई उपलब्ध गराउँदै आएको छ। आईएसओ ९००१:२००८ प्रमाणित कम्पनीमा १५० जना दक्ष कर्मचारीले रोजगारी पाउँदै आएका छन् भने कम्पनीले देश र विदेशका गरी १०० भन्दा बढी वित्तीय संस्थालाई सेवा दिँदै आएको छ।

प्रकाशित: २२ फाल्गुन २०७० २२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App