प्रविधि

ह्वाट्सएपलाई किन्दै फेसबुक

फेसबुकले मोबाइल च्याट एप ‘ह्वाट्सएप’लाई १९ अर्ब डलरमा किन्ने भएको छ। संसारकै ठूलो र चर्चित सामाजिक सन्जाल फेसबुकले ह्वाट्सएपलाई नगद ४ अर्ब डलर र १२ अर्ब डलर बराबर फेसबुक सेयर दिने घोषणा गरेको छ। यसबाहेक ३ अर्ब डलर केही वर्षभित्र सेयरको रुपमा दिइनेछ।

करिब ४५ करोड प्रयोगकर्ता भएको मोबाइ म्यासेजिङ एप्लिकेशन ह्वाट्सएपसँगको कारोबार फेसबुकले पछिल्लो समय गरेको सबैभन्दा ठूलो कारोबार हो। इन्स्टाग्रामजस्तै ह्वाट्सएपलाई पनि ह्वाट्सएपकै ब्रान्डमा राख्नेड फेसबुकले जानकारी दिएको छ। फेसबुकले म्यासेजिङ र सामाजिक सन्जालमा आफ्नो वर्चस्व कायम राख्नह नयाँ एप्लिकेशनहरु खरिद गर्दै आएको पाइन्छ। 
अहिले स्मार्टफोनबाट सोसल नेटवर्किङ र टेक्स्ट म्यासेजिङ जिपिआरएसमार्फत् सजिलै गर्न मिल्ने भएपछि वाएरलेस र मोबाइल म्यासेजिङ पछाडि पर्दै आएका छन्। ‘मानिसहरु आफूलाई ‘फेसबुक नेभर्स’ भन्छन्,’ लाइटस्पिडका एक सदस्य तथा स्न्यापच्याटका पूर्वलगानीकर्ता जेरेमि लिउले भने। 
ह्वाट्सएपले दैनिक रुपमा लाखौं प्रयोगकर्ता थपिरहेको फेसबुकका अन्वेषणकर्ता तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले बताएका छन्। ‘यसले हाम्रो च्याट र म्यासेजिङ सेवामा मध्यस्तकर्ताको भूमिका खेलेर समाजमा नयाँ आयाम थप्छ,’ उनले भने, ‘प्रयोगकर्ताका लागि ह्वाट्सएप र फेसबुक म्यासेन्जर फरकफरक र महत्वपूर्ण सेवा हुन्।’ 
त्यसैले दुबैमा लगानी गर्ने उनले बताए। स्मार्टफोनमा आधारित म्यासेजिङ एपस् को प्रयोग उत्तर अमेरिका, युरोप र एसियामा बढी रहेको एजेन्सीले उल्खेल गरेको छ।

प्रकाशित: ८ फाल्गुन २०७० ०२:०७ बिहीबार