दुवै सेटहरु गुणस्तरीय र उत्कृष्ट विशेषताहरुका साथ सर्वसुलभ दरमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ। २.८ इन्च डिस्प्ले भएको भिडियोकन दोस्त भि १५६० मा १.३ एमपी क्यामेरा, १६ जिबी सम्मको मेमोरी कार्ड लाग्ने, एफएम रेडियो, जिपिआरएसलगायत सुविधा छन्। त्यसैगरी भिफोन मेटलमा २.४ इन्च डिस्प्ले, उत्कृष्ट भिडियो क्वालिटी, टिकाउ ब्याटी्र , एलइडी टर्च, फेसबुक चलाउने सुविधा भएको १६ जिबी सम्मको मेमोरी कार्ड लाग्ने सुविधा छन्। भिडियोकनका यी दुवै मोबाइलले दैनिक जीवनलाई अझ सहज र सजिलो बनाउने कम्पनीको दाबी छ।
प्रकाशित: २३ माघ २०७० २०:४६ बिहीबार