प्रविधि

मोबाइल सुरक्षामा चुनौती बढ्दो

काठमाडौं– इन्टरनेटसहितको मोबाइलको बढ्दो प्रयोगसँगै बाह्य अतिक्रमण बढ्दै गएकाले यसको सुरक्षा प्रमुख चुनौती बन्न पुगेको छ।
नेपालमा कुल जनसंख्याको ७२.७ प्रतिशतले मोबाइल, २६.९३ प्रतिशतले इन्टरनेट, १३ लाखले एन्डोइड, तीन लाखले आइफोन र एक लाखले विन्डोज फोन प्रयोग गर्ने गरेको प्रमाणीकरण नियन्त्रक कार्यालयका नियन्त्रक लक्ष्मीप्रसाद यादवले बताए।
'यस्ता मोबाइलका साथै आफ्ना सुविधा तथा आवश्यकताअनुसार विभिन्न उपकरणको प्रयोग पनि बढ्दै गएकाले मोबाइलको सुरक्षामा चुनौती थपिएको छ,' कार्यालयद्वारा आयोजित कार्यक्रममा उनले भने।
व्यक्तिगत तथा कार्यालय प्रयोजनका लागि पनि मोबाइललगायत उपकरणमा निर्भरता बढ्दै गएकाले त्यसमा रहेका महत्त्वपूर्ण सूचना, इमेल र सेवाग्राहीको विवरण तथा अन्य विवरण हराउने, अनाधिकृत व्यक्ति वा समूहले त्यस्ता सूचनामा आफ्नो पहुँच पुर्‍याई हानी पुर्‍याउँछन्। त्यस्तै उपकरणहरूलाई हानी पुर्‍याउने र सूचना चोर्ने उद्देश्यले बनाइएका भाइरस र स्पाइवेरजस्ता खराब सफ्टवेयरले पनि समस्या पैदा गर्छन्।
यस्ता समस्याबाट बच्न सकभर मोबाइल नहराउन सावधानी अपनाउने, आइफोन ओएसलाई अद्यावधिक गर्ने, मोबाइलभित्र राखिएका वा बाहिर पठाइएका डाटा तथा महत्त्वपूर्ण सूचनालाई सांकेतिकरूप दिन थाहा नभएका सञ्जाललाई नजोड्ने, थाहा नभएका इमेल नखोल्ने, अनावश्यक उपकरण नचलाउने र कसैबाट आफ्नो मोबाइलको दुरुपयोग भएको पाए, सम्बन्धित निकायमा उजुरी गर्नुपर्ने नियन्त्रक यादवले बताए।

प्रकाशित: १० माघ २०७० ०६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App