प्रविधि

टिसिएलका म्युजिक टिभी बजारमा

काठमाडौं–चौधरी समुह अन्तर्गतको ई.ओ.एल. प्रा.ली. ले टीसीएल एल.ई.डि. म्युजिक टेलिभिजन नेपालीबजारमा ल्याएको छ। कम्पनीले ४२ इन्चको '४२ टि ३६००' र ३२ इन्चको '३२ टि ३६००' मोडलका टेलिभिजन नेपालमा भित्राएको हो।


नेपाली बजारमा ४२ इन्चको टिभीलाई ७७ हजार रुपौयाँ र ३२ इन्चको टिभीको ४१ हजार ९ सय ९० रुपौयाँ मूल्य पर्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। दुबै मोडलमा अडियो पावर आउटपुट ३०० वाट पिएमपिओ रहेको छ साथै फुल युएसवीको सुविधा पनि रहेको छ। ४२ इन्चको टेलिभिजनमा स्त्रि्कन रेजुलेसन फुल एचडी रहेको छ भने ३२ इन्चमा एचडी रेडी रहेको बताइएको छ। टेलिभिजनमा पछिल्ला प्रविधिको प्रयोग र डिजाईन पनि आकर्षक रहेको जनाइएको छ।

कम्पनीले म्युजिक टेलिभिजनका साथसाथै थप तीनवटा नर्मल एलइडि टिभी पनि बजारमा ल्याएको छ। २८ इन्चको '२८ टि ३५१०', १६ इन्चको '१६ डि ३०' र '१६ डि २०' मोडलहरु बजारमा ल्याएको छ जसको मूल्य क्रमशः ३४ हजार ८ सय ९०, १६ हजार ५ सय ९० र १६ हजार ५ सय ९० रुपौयाँ रहेको छ। सिआरटी टिभी र एल.सि.डी टेलिभिजनको तुलनमा एल.इ.डी. टिभी विशेषताले भरिएको हुदाँ एल.इ.डि. टेलिभिजनको माग बढिरहेको कम्पनीको भनाई छ। सबै मोडलका टेलिभिजनहरुमा कम्पनीले एक वर्षको वारेण्टी प्रदान गर्ने बताएको छ।

प्रकाशित: ९ माघ २०७० ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App