प्रविधि

सामसङ मोबाइलको मूल्य घट्यो

काठमाडौं-सामसङ कम्पनीले नेपालमा बिक्रि हुने सबै किसिमका फोन सेटको मूल्य घटाएको छ। सामसङ मोवाइलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले मोडल अनुसार एक सय ५० देखि १० हजार रुपैयाँसम्म मूल्य घटाएको हो।कम्पनीले ९१ हजार पाँच सय मूल्य तोकेको सामसुङ ग्यालेक्सी नोट थ्रीको मूल्यमा १० हजार घटाएको आइएमएसका मार्केटिङ प्रमुख पुष्कल खतिवडाले बताए।

यस्तै सबैभन्दा सस्तो सामसङ गुरु १२०७ को एक सय ५० रुपैयाँ घटाएर दुई हजार ५० मुल्य तोकिएको छ। सामसङ मोबाइलप्रति ग्राहकको आकर्षण बढेकाले सबै मोडलका स्मार्टफोनको मूल्य घटाएको खतिवडाले बताए। कम्पनीले हाल २१ मोडलका फोन नेपाली बजारमा विक्री गरिरहेको छ।

सामाजिक सञ्जाल र इन्टरनेट चलाउन सजिलो हुने, छिटो इन्टरनेट चल्ने, मल्टीमिडिया सुविधालगायतले अहिले स्मार्ट फोनतर्फ ग्राहक आकर्शित भएको खतिवडाले बताए। विभिन्न खाले आधुनिक र सुविधायुक्त मोबाइल एप्लिकेसन र गेमहरु खेल्न मिल्ने भएकाले यस्ता फोनमा युवापुस्ताको विशेष आकर्षण रहेको उनले बताए।

एक अध्ययनले माइक्रोम्याक्स, कलर्स, लेनोभो, सोनीलगायतका स्मार्टफोनको विक्रि पनि बढ्दै गएको देखाएको छ। सामसङले बजार हिस्सा नगुमाउन मुल्य घटाएको हो ग्राहकको पहिलो रोजाईमा सामसङ पर्ने भएकाले बजार हिस्सा गुमाउने चिन्ता नभएको खतिवडाले बताए। विभिन्न ब्राण्डका स्मार्टफोन बजारमा आउन थालेपछि ग्रे मोबाइलसँग प्रतिस्पर्धा गर्न मूल्य घटाएको उनले जानकारी दिए। प्रतिस्पर्धामा आउन र विशेषगरी बढ्दो आकर्षणलाई ध्यानमा राखेर मूल्यमा छुट दिएको उनको भनाई छ। सामसङको ६५ प्रतिशत हिस्सा रहेको कम्पनीले दाबी गरेको छ।

एप्पलको आइफोन, नोकिया, सामसङ, सोनी, एलजी, मोटोरोला, ब्ल्याकबेरीजस्ता ब्रान्डेड फोन र भारतमा उत्पादन हुने स्पाइस, कलर्स, कार्बन, म्याक्रोम्याक्स, लाभालगायतका स्मार्टफोन बजारमा किन्न पाइन्छ। यसबाहेक चिनियाँ स्मार्टफोनहरु पनि नेपाली बजारमा छ्यापछ्याप्ती भेटिन्छन्। बजारमा विभिन्न ब्राण्डका आठ हजार देखि १ लाख रुपैयाँसम्म पर्ने स्मार्ट फोनहरु पाइन्छन्।

विक्रेताहरुका अनुसार नेपाली बजारमा सबैभन्दा बढी रुचाइने स्मार्टफोन सामसङ हो। गुणस्तरीय, वारेण्टी , र देशभर सेवा केन्द्र भएकाले सामसङका स्मार्टफोन धेरै विक्री हुने गरेको सिटीभी केयरका सेल्स एक्जुकेटिभ सुमित्रा लोप्चनले बताइन्।

मोबाइल मोडल पहिलेको मूल्य अहिलेको मूल्य

ग्यालेक्सी नोट थ्री ९१, ५०० ८१,५००

ग्यालेक्सी नोट २ ६८,००० ६०,०००

ग्यालेक्सी एस फोर ७५,९०० ६९,५००

ग्यालेक्सी एस थ्री ५३,५०० ४४,६००

ग्यालेक्सी एसफोर मिनी ५१,५०० ३८,८००

ग्यालेक्सी मेगा ४४,००० ३९,६००

ग्यालेक्सी गियर ४६,५०० ३७,५००

ग्यालेक्सी ग्राण्ड ३७,५०० ३३,५००

ग्यालेक्सी कोर २९,५०० २४,२००

ग्यालेक्सी एस डुअस २ १८,५०० १८,५००

ग्यालेक्सी एस डुअस २२,५०० १७,७००

ग्यालेक्सी ट्रेण्ड १६,५०० १३,६५०

ग्यालेक्सी ट्याब थ्री एस

एसएम टी३११० ५०,८०० ४४,७००

ग्यालेक्सी ट्याब थ्री

एसएम टी२१०० २६,९०० २३,७००

ग्यालेक्सी ट्याब टु ७.० ३७,३०० ३१,०००

ग्यालेक्सी प्रो १३,००० ११,५००

ग्यालेक्सी योङ १५,००० १२,८००

ग्यालेक्सी स्टार ९,६०० ८,७००

रेक्स ६० ६,७०० ६,५००

गुरु १२०७ २,२०० २,०५०

प्रकाशित: ७ माघ २०७० २३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App