प्रविधि

स्पाइस्कोे तीन मोडल बजारमा

काठमाडौं– स्पाइस् मोबाइलले तीन नयाँ मोडलका मोबाइल बजारमा ल्याएको छ। स्पाइसले स्मार्ट फ्लो इभोरी २ (एमआइ ४२३) , स्पाइस बोस ड्युरा ४ (एम ५२५१) र बोस ड्युरा एक्सएल (एम ५४५१ ) बजारमा ल्याएको हो।
स्मार्ट फ्लो इभोरी २ (एमआइ ४२३) मा १ गिगाहर्ज डुअल कोर प्रोसेसर का साथै ५१२ एमबी आरओएम, २५६ एमबी र्‍याम रहेको कम्पनीले जनाएको छ। १०.१६ सिएमको टच स्क्रिन मोबाइलमा जेलि बिन ४.२ ओएस रहेको छ। यो फोनमा पछाडि ३.२ एमपी र अगाडि १.३ एमपीको क्यामेरा रहेको कम्पनीले जनाएको छ । त्यस्तै स्पाइस बोस ड्युरा ४ ( एम ५२५१मा ५.५ सिएमको स्क्रिन रहेको छ भने भिडियो प्लेयरको विशेषताले गीतहरु पनि सुन्न सकिन्छ । यस मोबाइलमा इन्टरनेटका लागि जिपिआरएस र ३६०० एमएएच एलआई पोलिमर ब्याट्री रहेको छ ।
धेरै समयसम्म बोलिरहनका लागि टक टाइम र स्ट्यान्डबाइ ब्याट्रीका लागि बोस ड्युरा एक्सएल (एम ५४१५) रहेको छ । यसको ७.११ सिएमको स्क्रिनले यो मोबाइल चलाउन सजिलो हुने कम्पनीको दाबी छ । यसमा १.३ एमपीको क्यामेरा रहेको छ ।
ब्लूटूथ, क्यामेरा, जिपीआरएस र टर्च यी सबै मोबाइलका विशेषता हुन् ।

प्रकाशित: ७ माघ २०७० ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App