प्रविधि

प्युठानका सबै गाविसमा मोबाइल सेवा

प्युठान– नेपाल टेलिकमले प्युठानका सबै गाविसका मोबाइल सेवा पुर्‍याएको छ। पछिल्लोपटक रजवारा गाविसमा बिटिएस टावर सञ्चालनमा आएसँगै सबै गाविसमा मोबाइल सेवा बिस्तार भएको दूरसञ्चार कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख कृष्णकुमार श्रेष्ठले बताए।
४९ गाविस रहेको प्युठानमा यो क्षेत्रबाहेक अन्य गाविसमा मोबाइल सेवा पुगिसकेको थियो। बिटिएस सञ्चालनपछि यस क्षेत्रका ८ भन्दा बढी गाविसका सेवाग्राही लाभान्वित भएका छन्। 'जिल्लाका १८ ठाउँमा राखिएका टावरबाट करिब सबै गाविसमा मोबाइल सेवाको सेवा बिस्तार भएको छ', श्रेष्ठले भने, 'अब सबै क्षेत्रमा पहुँच विस्तारका तयारी गर्दैछौं।'
भौगोलिक विकटताका कारण कोचिवाङ र मर्कावाङमा सहज सेवा नरहे पनि तिराममा स्थापना गर्न लागिएको बिटिएसले बाँकी क्षेत्रमा पनि मोबाइल सेवाको सहज पहुँच हुने सिनियर टेक्निसियन निरन्जन श्रेष्ठले बताए।
प्युठानमा २०५२ सालदेखि ल्यान्डलाइन फोन सेवा दिइँदै टेलिकमले २०६३ सालदेखि मोबाइल सेवा सुरुवात भएको थियो।

प्रकाशित: ६ माघ २०७० ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App