प्रविधि

लेनोभोका स्मार्टफोन नेपालमा

काठमाडौं– ८ हजार ४ सयदेखि ५६ हजार रुपैयाँसम्म पर्ने लेनोभो कम्पनीका विभिन्न मोडलका स्मार्टफोनहरु नेपाली बजारमा आएका छन्। अन्तर्राष्ट्रिय बजारमा तेस्रो स्थानमा रहेको लेनोभोका स्मार्टफोन नेपाली बजारमा होराइजन इन्टरप्राइजेजले ल्याएको हो।

ल्यापटपमा नाम कमाएको लेनोभोले स्मार्टफोनमा अपरेटिङ सिस्टम र इन्टरनल मेमोरीका साथै ब्याट्रीलाई पनि प्राथमिकतामा दिएको छ। बजारमा आएकामध्ये के ९००, पी ७८० र एस ८२० मा अन्य कम्पनीका स्मार्टफोनभन्दा राम्रो फिचर भएको कम्पनीको दाबी छ।
के ९०० मा इन्टेल अटम २ गिगाहर्ज डुअल कोर प्रोसेसर, ५.५ इन्च स्क्रिन, ६.९ एमएम मेटालिक बडी, स्लिमेस्ट फोन, १३ मेगापिक्सेलको क्यामरा र २ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ। डुअल लिड फ्ल्यास लाइट रहेको यो स्मार्टफोनमा २ जीबी र्यााम छ। रोम १६ र ३२ जीबी तथा १० फिंगर मल्टिटच रहेको यो स्मार्टफोन सामसुङ नोट ३ र एस फोरभन्दा उत्कृष्ट रहेको कम्पनीका रिजनल सेल्स म्यानेजर अनिल भट्टराईले बताए। एन्ड्रोइड जेलिबिन ४.२.२ अपरेटिङ सिस्टम रहेको यो स्मार्ट फोनमा २ हजार ५ सय एमएएचको ब्याट्री छ । यो फोनको मूल्य १६ जीबीको ५२ हजार ९ सय र ३२ जिबीको ५६ हजार ९ सय छ।
यसैगरी, पी ७८० मोडलमा ४ हजार एमएएच पावरको ब्याट्री छ भने ५ इन्च आइपिएस डिस्प्ले छ। १.२ गिगाहर्ज क्वाट प्रोसेसर रहेको यो मोडलमा १ जीबी र्याभम र इन्टरनल मेमोरी ८ जीबी छ। ५ फिंगर मल्टिपल टच र ८ मेगापिक्सेलको क्यामरा रहेको यो फोनको मूल्य ३६ हजार ९ सय रुपैयाँ छ। फोनमा एन्ड्रोइड जेलिबिन ४.२.२ अपरेटिङ सिस्टम छ।

प्रकाशित: १ माघ २०७० ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App