टेलिभिजनको स्क्रिन ८५ इन्च लामो छ। जसको स्क्रिनलाई दर्शकले रिमोट कन्ट्रोलबाट नियन्त्रण गर्न सक्छन्।
एलजी इलेक्ट्रोनिक्सले पनि यस भन्दा सानो ७७ इन्चको मोड्न सकिने स्क्रिन भएको टेलिभिजन ल्याउने बताएको थियो।
दुबै कम्पनीले स्क्रिन मोड्न सकिने टेलिभिजनले दर्शकलाई हेर्नमा सहजता दिने दावी गरेका छन्।
एक समयमा कति जनाले टेलिभिजन हेरिरहेका छन् र स्क्रिनबाट दर्शक कति टाढा छन् भन्ने ध्यानमा राख्दै स्क्रिनलाई मोड्न सकिने छ।
दुबै कम्पनीले टेलिभिजनको मूल्यबारे कुनै जनकारी दिएका छैनन्। सामसङले यस प्रकारको डिजाइनले नयाँ अनुभव दिने दावी गरेको छ।
प्रकाशित: २६ पुस २०७० ०३:३९ शुक्रबार



