लुमिया सिरिजको सबैभन्दा बलियो मोडल १०२० को बजार मूल्य पनि घटाइएको छ। नयाँ मूल्यअनुसार लुमिया १०२० को नयाँ मूल्य ४० हजार भारु तोकिएको छ। नोकियाले आफ्नै वेबसाइटमा यो फोनलाई ४१,४९९ उल्लेख गरेको छ। सपिङ साइट स्न्यापडिलमा ३९ हजार ९ सय ६३ रुपैयाँ उल्लेख छ । इबेमा पनि यसको मूल्य ४१ हजार ६ सय ९९ छ।
नोकिया लुमिया १०२० त्यही स्मार्टफोन हो जो ४१ मेगापिक्सलको क्यामराका कारण चर्चामा आएको थियो । फोटोग्राफीका लागि यो निकै शानदार छ । फोनमा फोटोग्राफीसम्बन्धी धेरै एप्सहरु निःशुल्क छन् । विन्डोज ८ अपरेटिङ सिस्टमको यो फोनमा इन्टरनल मेमोरी ३२ जिबी छ । २ जिबी ¥याम छ । फोनमा १.५ गीगाहर्जका स्न्यापड्रयागन एस४+ डुअलकोर प्रोसेसर छ ।
प्रकाशित: ११ पुस २०७० ००:४६ बिहीबार



