हालै गुगलले सन् २०१३ को सर्च परिणाम गुगगल जाइटगाइस्ट २०१३ सार्वजनिक वर्षभरि अत्यधिक सर्च भएका विषय सार्वजनिक गरेको हो। गुगगल जाइगाइस्टको कन्जुमर इलेक्ट्रोनिक्स शीर्षकमा आइफोन ५ एस पछि सामसङ ग्यालेक्सी एस फोर रहेको छ। सोनी कम्प्युटर इन्टरटेनमेन्टको प्ले स्टेशन ४ तेस्रो बढी सर्च गरिएको इलेक्ट्रोनिक उत्पादन हो। एलजीसँग मिलेर गुगगलले उत्पादन गरेको नेक्सेस ५ स्मार्टफोन गुगल खोजीमा पाँचौं स्थानमा परेको छ। टर्चस्त्रि्कन बेस्ड स्मार्टफोन एचटिसी वान छैटौं स्थानमा छ। ८ औं स्थानमा ब्ल्याकबेरी–१० र सामसङ ग्यालेक्सी नोट ९ औं स्थानमा छन्। यो वर्ष माइक्रोसफ्टले किनेको नोकियाको लुमिया १०२० गुगल सर्चमा १० औं स्थानमा परेको छ।
प्रकाशित: ५ पुस २०७० २३:३१ शुक्रबार



