चन्द्रमाको सतहमा यान अवतरण भएको केही घण्टापछि यान युटु(लोककथामा चन्द्रमा बस्ने खरायो) नामको रोबोटिक रोभर छाड्ने छ। १ सय २० किलोको यो रोबोट ३० डिग्रीको उकालो चढ्न सक्ने र प्रतिघण्टा २ सय मिटरको यात्रा गर्ने चिनको अन्तरिक्ष कार्यक्रमले जनाएको छ।
यान समथर भूभाग 'बे अफ रेन्बोज'मा अवतरण भएको हो। यस्तो कार्य गर्ने तत्कालिन सोभियत संघ र अमेरिका पछि चीन तेस्रो मुलुक हो।
यो अभियानअन्तर्गत चीनले आफैले विकास गरेको लङ मार्च थि्रबी रकेट १४ दिने अघि सिचाङबाट प्रक्षेपण गरेको थियो।
चाङ–३ नामको यानले चन्द्रमाको सतहतर्फ चिनियाँ समयअनुसार राति नौ बजे झर्दै गरेको थियो। सरकारी टेलिभिजनले यानले अवतरण हुँदै गर्दा चन्द्रको सतहको दृश्य प्रशारण गरे थियो।
सो अभियानको नियन्त्रण कक्षमा रहेको कर्मचारीहरुले थप्पडी बजाउँदै खुशियाली मनाएका थिए। समाचार एजेन्सी सिन्हाले अवतरणको लागि उचित स्थानका खोजीमा सन्तुलन बनाएर राखेको यानले नौ बजेर १२ मिनेटमा सतहमा छोएको जनाएको छ। उचित स्थानमा अवतरण नै यो अभियानको सबैभन्दा कठिन कार्य भएको चीनको अन्तरिक्ष कार्यक्रमले जनाएको छ।
चन्द्रमा सतहभन्दा १५ किलोमिटरमाथि रहेको अवस्थामा यानले आफ्नो गतिलाई निकै घटाएको थियो। चीनको यो कार्यक्रमलाई चीनको बढ्दो सामर्थको प्रतिक रुपमा व्याख्या गरेका छन्।
प्रकाशित: २९ मंसिर २०७० २२:२१ शनिबार



