प्रविधि

फेसबुक स्ट्याटस विज्ञापनमा प्रयोग गरिने

फेसबुकका पोस्टहरु गोप्य रहन्छन् भन्ने कुरामा अब ढुक्क नुहुनुहोस्। फेसबुकले औपचारिक रुपमा घोषणा गरेर तपाईका पोस्टहरुलाई विज्ञापनका रुपमा प्रयोग गर्ने उल्लेख गरेको छ। तपाईँ कुनै ब्रान्डलाई लाइक गर्नुभयो भने त्यो जानकारी तपाईँका साथीहरुको फिडमा, तपार्इंको टाइमलाइनमा र ग्राफसर्चमा देखिनेछ। फेसबुकले आफ्नो प्राइभेसी नीतिहरु परिवर्तन गर्दै स्ट्याटसलाई विज्ञापन बनाउने निर्णय गरेको हो।प्राइभेसी परिवर्तन बारे पहिला भएका होहल्ला जस्तो यसपटक फेसबुकसँग गर्व गर्न नयाँ कुरा भने केही छैन। उल्टो फेसबुकले यो नीति सार्वजनिक गरेपछि निकै आलोचना खेपिरहेको छ। प्रत्येक दिन मानिसहरुले करोडौं जानकारी र कनेक्सन ग्राफमा पोस्ट गर्छन् र यसो गर्दा उनीहरुले संसारमा भएका जान्नुपर्ने कुराहरु के के छन् भन्ने बारे प्रष्ट नमुना तयार पार्न सहयोग गरिरहेका छन् आलोचकहरुलाई जवाफ फर्काउँदै फेसबुकका संस्थापक मार्क जुकेरबर्गले भनेका छन्। मानिसहरुले सेयर गरेका कुराहरु कसरी समुदायको हितका लागि प्रयोग गर्न सकिन्छ भन्ने कुराको ठूलो सम्भाव्यता रहेको र यो सुरुवात मात्र भएको उनको दावी छ।

प्रयोगकर्ताले जति धेरै समय फेसबुकमा खर्चिन्छन् त्यति धेरै विज्ञापन हेर्छन् र ती विज्ञापनले त्यति नै प्रभावकारी हुन्छन् । जसरी फेसबुकको ग्राफ सर्च टुलले उदाहरणको लागि मानिसहरुलाई साथिहरुले रेकमेन्ड गरेको रेस्टुरेन्ट पत्ता लाउन सहयोग गर्छ त्यसै गरी यसको सबैभन्दा महत्वपूर्ण विज्ञापन समाग्री स्पोन्सर्ड स्टोरिजले प्रयोगकर्ताको पोस्टलाई कम्पनीका समाग्रीको प्रसंसा गर्दै साथीहरुको वालमा देखाइरहन्छ। विज्ञापनदाताहरु यस्तो विज्ञापनलाई बढी प्रभावकारी ठान्छन् किनकी मानिसहरु आफ्ना साथिभाइको रेकमेन्डेसनलाई बढी विश्वास गर्छन् भन्ने विश्वास फेसबुकको छ।

प्रकाशित: ९ मंसिर २०७० ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App