प्रविधि

चीनले ब्लक गर्‍यो वाल स्ट्रिट जर्नल र रोयटर्सका साइट

चीनले वाल स्ट्रिट जर्नल र रोयटर्स दुवैको चाइनिज वेबसाइट ब्लक गरिदिएको छ । चाइनिज भाषामा यी वेवसाइटहरु बन्द भए पनि अंग्रेजी भाषाका वेबसाइटहरु भने अझै हेर्न सकिन्छ । चीनको ग्रेट फायरवाल अफ चाइनाले बिना कुनै तर्क दुई समाचार संस्थाका चिनियाँ वेबसाइट बन्द गरेको हो ।वेवसाइटमाथिको प्रतिबन्ध स्थायी हो वा केही अवधिको लागि मात्र हो स्पष्ट भइसकेको छैन । विगतमा चीन सरकारले यसैगरी ब्लक गरिएका कतिपय वेवसाइटमाथिको प्रतिबन्ध पछि फुकुवा गरेका उदाहरण छन् । राष्ट्रियताको मामिलामा सम्वेदनशील रहँदै आएको चीनले न्युयोर्क टाइम्सका एसिया मामिला हेर्ने एकजना अनुभवी पत्रकारको पनि भिसा अस्वीकृत गरिदिएको छ । गत वर्ष निवर्तमान प्रधानमन्त्री वेन जियाबाओको गोप्य सम्पत्ति रिपोर्ट प्रकाशित गरेपछि न्युयोर्क टाइम्सको अनलाइन संस्करणमाथि लगाइएको बन्देज अझै फुकुवा भएको छैन । ब्लुमबर्ग र विजनेस विककाका साइट पनि चीनमा प्रतिबन्धित छन् ।

प्रकाशित: ९ मंसिर २०७० ०३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App