खेल

विश्वकप लिग-२ः नेपाल र स्कटल्यान्डबीचको खेल वर्षाले प्रभावित

आइसिसी विश्वकप लिग २ मा नेपाल र स्कटल्यान्डबीचको खेल वर्षाले प्रभावित भएको छ। कीर्तिपुर क्षेत्रमा वर्षा भएपछि खेलको दोस्रो इनिङ्स सुरु हुन ढिलाइ भएको हो।  

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएपछि नेपाल २४४ रनको लक्ष्यसहित मैदान उत्रने थियो। 

यो पनि पढ्नुहोस्

विश्वकप लिग २ः स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

प्रकाशित: २९ वैशाख २०८३ १४:१० मंगलबार