खेल

टप इण्ड टी-२० सिरिज : नेपाललाई पाकिस्तानले दियो १४५ रनको लक्ष्य

अष्ट्रेलियामा जारी टप इण्ड टी-२० सिरिजमा पाकिस्तानको सहिन्सले नेपालसामु १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

डार्विनको मरार क्रिकेट मैदान २ मा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४४ रनको योगफल तयार पारेको हो । पाकिस्तानका लागि अब्दुल समादले २७ र यासिर खानले १८ रन बनाए । क्याप्टेन इरफान खानले नटआउट ४२ र मोहमद वासिमले २३ रनको योगदान गरे ।

पाकिस्तानले अन्तिम ५ ओभरमा ६१ रन बनाएको थियो ।  

नेपालका लागि सोमपाल कामीले ३, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २ विकेट लिए । कुशल भुर्तेलको नाममा एक विकेट रह्यो । सन्दीप लामिछानेले आफ्नो स्पेलमा २८ रन दिएपनि विकेट भने लिन सकेनन् ।  एक जना रनआउट भए । 

जारी प्रतियोगितामा नेपालको यो अन्तिम लिग खेल हो । ५ खेलबाट ४ अंक भएको नेपाललाई सेमिफाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ । जारी खेलमा पाकिस्तान विजयी भए सेमिफाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ । पाकिस्तानको ६ अंक छ । 

प्रकाशित: ६ भाद्र २०८२ १६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App