खेल

टिआइए र भ्यालीलाई उपाधि

आयोजक ठुङ्रम इन्टरनेसनल एकेडेमी (टिआइए) र भ्याली पब्लिकले आइतबार १७औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

हात्तीगौँडास्थित घरेलु कोर्टमा सम्पन्न प्रतियोगितामा टिआइए ब्वाइज तथा भ्याली पब्लिक गर्ल्समा च्याम्पियन भएका हुन्। ब्वाइजको रोमाञ्चक फाइनलमा टिआइएले निम्सलाई ४०–३७ ले पराजित गर्‍यो। टिआइएका सुमन नगरकोटीले १५ अंक जोडे। विल्सन एकेडेमी तेस्रो भयो। गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले चेल्सी वर्ल्ड स्कुललाई २५–१५ ले हरायो। भ्याली पब्लिककी लोरिशा गौचनले १२ स्कोर गरिन्। ग्रिनल्यान्ड तेस्रो बन्यो। फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुमन र लोरिशा आआफ्ना विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, टिआइएका निर्देशक कर्मा सोनाम वाङ्दी शेर्पा, टिआइएकी प्रिन्सिपल निरा प्रधानलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। ब्वाइजमा २४ तथा गल्र्समा १६ गरी ४० टिमले प्रतिस्पर्धा गरेको टिआइएका इसिए/सिसिए प्रमुख उज्ज्वल रिजालले जनाएका छन्।

प्रकाशित: १ मंसिर २०८२ ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App