खेल

तेस्रो जितले टिमको मनोबल बढेको छः प्रशिक्षक शाही

नेपाल प्रिमियर लिग (एनपिएल)मा तेस्रो जित निकालेपछि काठमाडौं गोर्खाजका प्रशिक्षक वसन्त शाहीले टिमको मनोबल उच्च भएको बताएका छन्।  

जितपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रशिक्षक शाहीले भने, “आजको जीतले टिमको मनोबल बढेको छ, अहिलेलाई हाम्रो लक्ष्य भनेको  शीर्ष दुईभित्रमा रहँदै प्लेअफ पुग्नु हो ।”  

शुक्रबार काठमाडौं गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको थियो । जीतपछि काठमाडौँ ६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।  

टिमको सबैपक्षमा सुधार हुँदै गएको बताउदै प्रशिक्षक शाहीले आगामी खेलहरू जित्नेमा विश्वास व्यक्त गरे। उनले भने, “टिमको सबैपक्षमा सुध्रिदै गएको छ, अब आउने खेलमा पनि विजयी हुनेमा ढुक्क छौँ ।” 

प्रकाशित: १२ मंसिर २०८२ १७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App