खेल

८ रनमै सुदूरपश्चिमका तीन विकेट पतन, मुन्सी, दबारे र भण्डारी सस्तैमा आउट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सको कसिलो बलिङसामु सुदूरपश्चिम रोयल्सको शीर्ष क्रम धराशायी बनेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ३.१ ओभरमै मात्र ८ रन जोड्दा सुरुवाती तीनै विकेट गुमाएको हो।

तेस्रो विकेटका रूपमा विनोद भण्डारी ३.१ ओभरमा ३ रन बनाउँदै पभेलियन फर्किए। उनलाई अभिशेष गौतमले विकेटकिपर डिकवेलाको हातबाट क्याच आउट गराए।

यसअघि २.५ ओभरमा ८ रनकै स्कोरमा डेब्युटेन्ट थानुका दबारे ३ रन जोडेर रुबेन ट्रम्पेलम्यानको बलमा डिकवेलाबाटै क्याच आउट भएका थिए।

त्यसअघि इनिङ्सको पहिलो बलमै अर्का डेब्युटेन्ट जर्ज मुन्सी शून्य रनमा ट्रम्पेलम्यानबाट बोल्ड भएका थिए। लुम्बिनीका लागि ट्रम्पेलम्यानले २ ओभरमा ३ रन खर्चेर २ विकेट लिएका छन् भने गौतमले ०.१ ओभरमा विना कुनै रन १ विकेट झारेका छन्।

किशोर महतोले १ ओभरमा ५ रन दिएका छन्। हाल क्रिजमा ईशान पाण्डे शून्य रनमा अविजित छन्। यस खेलको विजेता टोली सोझै फाइनलमा प्रवेश गर्नेछ।

प्रकाशित: १ मंसिर २०८३ १७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App