खेल

साफ यू–१७ महिला च्याम्पियनसिप: आयोजक राष्ट्र भुटानसँग खेल्दै नेपाल

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज आयोजक राष्ट्र  भुटानसङ्ग प्रतिस्पर्धा गर्दैछ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समय अनुसार ५ः४५ मा सुरु हुनेछ। यसअघि खेलेको पहिलो खेलमा नेपालले भारतसँग ७–० को फराकिलो अन्तरले हारेको थियो।  

त्यस्तै, आयोजक राष्ट्र  भुटान पनि बंगलादेशसँग ३–१ले पराजित भएको थियो। यस अर्थमा, आज नेपाल र भुटान पहिलो जितको खोजीमा छ।  नेपालले  अर्को खेल अगस्ट २४ मा बंगलादेशको  सामना गर्ने छ।

प्रकाशित: ६ भाद्र २०८२ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App