खेल

ला लिगामा रियल बेटिसको लगातार दोस्रो जित, आज मड्रिड र सोसिडाड भिड्दै

स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल बेटिसले लगातार दोस्रो जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा बेटिसले भ्यालेन्सियालाई १–० गोलले पराजित गरेको हो।

मेस्टायामा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्न निकै कोसिस गरे पनि अन्तिम समयमा मात्र गोल सम्भव भएको थियो। खेल सकिन केही मिनेट बाँकी रहँदा पाब्लो गार्सियाले गोल गर्दै बेटिसलाई महत्वपूर्ण तीन अंक दिलाए।

भ्यालेन्सियाले घरेलु मैदानमा दबाब सिर्जना गरे पनि गोल गर्न नसक्दा अंकविहीन बन्न पुग्यो।

आज रियल मड्रिडको खेल

ला लिगामा आज भने रियल मड्रिडले रियल सोसिडाडको सामना गर्दैछ। सान्टियागो बर्नाबेउमा हुने खेल नेपाली समयअनुसार आज राति १२ः४५ मा हुनेछ।

रियल मड्रिडले आफ्नो पहिलो खेलमा एस्पानियोललाई २–१ ले हराएको थियो। त्यसैले घरेलु मैदानमा रियल सोसिडाडविरुद्ध पनि लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा मड्रिड हुनेछ।

प्रकाशित: १० भाद्र २०८३ ०७:०७ बुधबार