खेल

पब्जी मोबाइल विश्वकप: नेपालको ‘होरा ईस्पोर्ट्स’ फाइनलमा प्रवेश

फ्रान्सको पेरिसमा जारी ईस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नेपालको ‘होरा ईस्पोर्ट्स’ फाइनल मा प्रवेश गरेको छ।

आइतबार सम्पन्न समूह चरणका खेलहरूपछि समूह ‘बी’ मा चौथो स्थान हासिल गर्दै होराले फाइनलमा स्थान पक्का गरेको हो।

१६ टोली सहभागी समूह ‘बी’ बाट उत्कृष्ट ५ भित्र पर्दै फाइनल पुग्ने क्रममा होराले एक ‘चिकेन डिनर’ सहित कुल ९८ अंक जोड्यो। होराले ३७ प्लेसमेन्ट पोइन्ट र ६१ किल्स हासिल गरेको छ।

समूह चरणमा चौथो भएसँगै होराले ५७ हजार ५०० अमेरिकी डलर (करिब ७७ लाख रुपैयाँ) नगद पुरस्कार पनि पक्का गरेको छ।

पहिलो दिन ५९ अंकका साथ तेस्रो स्थानमा रहेको होराले दोस्रो दिन ३९ अंक जोडेको थियो। समूह ‘बी’ बाट भाइटालिटी शीर्ष स्थानमा रहँदै फाइनल पुग्दा आईडीए, एसटुजी, होरा र गडलाइक शीर्ष पाँचमा पर्न सफल भए।

यस्तै, समूह ‘ए’ बाट पाकिस्तानको फोर थ्राइभ, भारतको ओरानगुटान, मंगोलियाको अउरोरा, भियतनाम/सिंगापुरको टिम फ्ल्यास र मिडल इस्टको निग्मा ग्यालेक्सी शीर्ष पाँचमा रहँदै फाइनलमा पुगिसकेका छन्।

अब दुवै समूहका छैटौंदेखि १३औं स्थानसम्म रहेका ८-८ गरी कुल १६ टोलीले अगस्ट ११ र १२ मा हुने सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गर्नेछन्। जहाँबाट शीर्ष ६ टोलीले ग्रान्ड फिनालेमा स्थान बनाउनेछन् भने दुवै समूहका अन्तिम तीन स्थानमा रहेका ६ टोली प्रतियोगिताबाट बाहिरिएका छन्।

प्रकाशित: २४ श्रावण २०८३ २१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App