खेल

प्रधानमन्त्री बालेनले गरे एनपीएलको उद्घाटन

तस्बिर : द्वारिका काफ्ले/नागरिक

प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको औपचारिक उद्घाटन गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार आयोजित भव्य समारोहका बीच प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

एनपीएलको सुरुवात गर्न कीर्तिपुर मैदान पुगेका प्रधानमन्त्री शाहले प्रतियोगिताको सफलताको शुभकामना दिए।

प्रतियोगिताको उद्घाटन खेलमै साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने छन्।

प्रकाशित: ९ कार्तिक २०८३ १७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App