नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले कम्बोडियन महिला लिग खेल्ने भएकी छन्।
उनले सोमबार राति सामाजिक सञ्जाल मार्फत प्रेह खान रीच स्वाय रिएङ एफसीबाट लिग खेल्ने बताएकी हुन्। यसअघि प्रीतिले जोर्डनको क्लब इतिहाद क्लबबाट खेल थिइन्।
त्यसअघि उनले भारतको किक स्टार्ट्स क्लबबाट इन्डियन्स वुमेन्स लिग समेत खेलिसकेकी छिन्। नेपालमा भने उनी विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)मा आबद्ध छिन्।
प्रकाशित: २४ चैत्र २०८२ ११:५२ मंगलबार



