खेल

पोखरा एभेन्जर्सका रोसिंगटनद्वारा शतक प्रहार

नेपाल प्रिमियर लिग(एनपिएल)मा पोखरा एभेन्जर्सका ओपनर ब्याटर एडम रोसिंगटनले शतक प्रहार गरेका छन्। कर्णाली याक्ससँगको जारी खेलमा रोसिंगटनले ५५ बलमा ११ चौका र ६ छक्काको मद्दतले शतक प्रहार गरेका हुन्।  

टस हारेर पहिले ब्याटिङमा उत्रिएको पोखराका ब्याटर सुरुदेखि नै आक्रामक देखिएका थिए। कप्तान कुशल भुर्तेल १७ बलमा १८ रनमा आउट भएपनि त्यसपछि क्रिजमा आएका जेसन रोय र रोसिंगटनबिच १२७ रनको शतकीय साझेदारी भएको थियो। पछि रोय अर्धशतक बनाउनबाट चुके। 

प्रकाशित: १६ मंसिर २०८२ १७:२७ मंगलबार