नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले राम्रो सुरुवात गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले पहिलो ६ ओभरको समाप्तिमा कुनै पनि विकेट नगुमाई ४५ रन बनाएको हो।
पोखराका लागि ओपनिङमा आएका दिनेश खरेल र एडम रोसिङ्टनले टोलीलाई राम्रो सुरुवात दिलाएका हुन्।
पावरप्ले सकिँदा दिनेश खरेल २६ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाएर खेलिरहेका छन् भने एडम रोसिङ्टन १० बलमा ३ चौकासहित १८ रन बनाएर क्रिजमा छन्।
जनकपुरका बलरहरूले सुरुवाती ६ ओभरमा पोखराको ओपनिङ जोडीलाई तोड्न सकेनन्। जनकपुरले किशोर महतो, माज सदाकत लगायतका बलर प्रयोग गरे पनि विकेट लिन असफल रह्यो।
प्रकाशित: ११ मंसिर २०८२ १६:२५ बिहीबार