प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई ५० रनले पराजित गरेको छ।
विरगञ्जको टिबी साह क्रिकेट मैदानमा लुम्बिनीले दिएको २५७ रनको लक्ष्य पछ्याएको पुलिसले ४२.५ ओभरमा सबै विकेट गुमाएर २०६ रन मात्र बनाउन सक्यो।
पुलिसका लागि ओपनर दिनेश खरेलले सर्वाधिक ९४ रनको अर्धशतकीय इनिङ खेले। १०४ बलको सामना गर्दै उनले १० चौका र ६ छक्का प्रहार गरेका थिए।
लुम्बिनीका लागि अजय चौहानले ४ र देव खनालले ३ विकेट लिए।
त्यसअघि पुलिससँग टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा १ बल बाँकी रहँदा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो।
लुम्बिनीका लागि ओपनर रञ्जितले सर्वाधिक १२८ रन जोडेका थिए। उनले १२८ बलको सामना गर्दै १३ चौका र ३ छक्का प्रहार गरे।
पुलिसका लागि ललित राजवंशीले ३ तथा रशिद खान र दिनेश खरेलले समान २ विकेट लिए।
प्रकाशित: २२ चैत्र २०८२ १७:३१ आइतबार



