काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य सार्वजनिक गरेको छ।
लिग चरणका खेल हेर्न साधारणतर्फ ५०० र प्रिमियमतर्फ एक हजार रुपैयाँ तिर्नुपर्नेछ। इलिमिनेटर र फाइनल खेलको टिकट मूल्य भने क्रमशः एक हजार र दुई हजार रुपैयाँ तोकिएको क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन्।
आठ टोली सहभागी एनपिएल सोमबारदेखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

प्रकाशित: ५ कार्तिक २०८३ १९:४० बिहीबार



-600x400.jpg)