नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिमका ब्याटर आरिफ शेख खाता समेत नखोली पेभेलियन फर्किएका हुन्।
पाँचौँ ओभरको दोस्रो बलमा लुम्बिनी लायन्सका बलर किशोर महतोले आरिफलाई साड्ली भान साल्कविकको हातबाट क्याच आउट गराए। क्रिजमा जम्न संघर्षरत आरिफले ६ बल सामना गरे पनि कुनै रन जोड्न सकेनन्।
योसँगै सुदूरपश्चिमले २६ रनको कुल स्कोरमै २ महत्त्वपूर्ण विकेट गुमाएर दबाबमा परेको छ। यसअघि चौथो ओभरमा ओपनर विनोद भण्डारी ९ रन बनाएर आउट भएका थिए। हाल क्रिजमा अर्का ओपनर सैफ जैब १३ रन बनाएर खेलिरहेका छन्।
प्रकाशित: ९ कार्तिक २०८३ १७:२७ सोमबार

-600x400.jpg)

