खेल

एनपिएल : जोन सिम्प्सन अर्धशतक बनाउने १२औँ खेलाडी

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गोर्खाजका जोन सिम्प्सनले अर्धशतक प्रहार गरेका छन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी चितवन राइनोजविरुद्धको खेलमा उनले २५ बलमा ५० रन पूरा गरेका हुन्।

सिम्प्सन काठमाडौंका लागि एनपिएलको दोस्रो सिजनमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। योसँगै जारी सिजनमा १५ अर्धशतक प्रहार भएका छन्।  जसमा १२ खेलाडी सामेल छन्। सिम्प्सन अर्धशतक हिर्काउने १२औँ खेलाडी बने।

यसअघि चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेनजर्सका कुशल भुर्तेलले दुई अर्धशतक हिर्काएका छन्। यस्तै सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किंग्सका  लोकेश बम, मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पन्चाल, पोखराका  सुमित बर्माले, जनकपुर बोल्ट्सका वायन पार्नेल र आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन्।

कर्णालीका मार्क वाट मात्रै जारी प्रतियोगितामा शतक हिर्काउने एक मात्र खेलाडी हुन्।

प्रकाशित: १२ मंसिर २०८२ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App