नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले जनकपुर बोल्ट्सविरुद्ध गतिलो ब्याटिङ गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले लोकेश बम र इमरान शेखको उत्कृष्ट साझेदारीमा गतिलो ब्याटिङ गरेको हो। १० ओभरको समाप्तिमा विराटनगरले एक विकेट गुमाएर ८१ रन बनाएको छ। लोकेश ३९ र इमरान ३८ रनमा नटआउट छन्।
मोइन अलिले इनिङ्सकै पहिलो ओभरमा शेहन जयसूर्यालाई एक रनमा आउट गराएका थिए ।
विराटनगर र जनकपुरको यो आआफ्नो चौथो खेल हो। जनकपुरको चार अंक छ भने विराटनगरको २ अंक छ।
प्रकाशित: १७ कार्तिक २०८३ १३:२३ मंगलबार



