पछिल्लो समय नेपाली राष्ट्रिय फुटबलरको विदेश पलायन हुने संख्या धेरै छ।
यस्तोमा, बुधबार राति नेपाली राष्ट्रिय यु-२० टोलीका गोलकिपर जियारथ सेख अष्ट्रेलिया गएका छन्। नेपाली फुटबलमा उदाउँदो गोलरक्षकको नाम पाएका उनी पनि आफ्नो करिअरलाई बिट मार्दै विदेशिन बाध्य भए।
नेपालमा फुटबल खेल्ने वातावरण नहुँदा उनी विदेशिएका हुन्। उनले राष्ट्रिय टोलीको गोलपोस्ट समेत सम्हाल्ने सम्भावना बोकेका थिए। जियारथले घरेलु फुटबलमा ए डिभिजन लिग र नेपाल सुपर लिग पनि खेलेका छन्।
नेपालमा हालसम्म ४० जनाभन्दा धेरै फुटबल खेलाडी विदेश गइसकेका छन्। सबै पलायन हुने खेलाडीको दुखेसो एउटै छ, ‘नेपालमा फुटबल गतिविधि छैन।’
प्रकाशित: २ आश्विन २०८२ १२:३८ बिहीबार



