उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ।
दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो।
नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए। त्यस्तै, चन्दन रामले २७ रनको योगदान दिए भने अभिषेक तिवारीले २० रन जोडे। अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन्।
अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई/दुई विकेट हात पारे।
प्रकाशित: २ पुस २०८२ १५:३० बुधबार



