खेल

विश्वकप लिग-२ : नामिबिया विजयी, तालिकाको पाचौं स्थानमा उक्लियो

आइसिसि क्रिकेट विश्वकप लिग–२ अन्तर्गत गए राति भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ।

टस जितेर पहिलो ब्याटिङको लागि मैदानमा उत्रेको घरेलु टोलि नेदरल्यान्ड्स ४८.५ ओभरमा मात्र १ सय ८३ रनमा समेटियो। उसका लागि कप्तान र्स्कट एडवार्डस्‌ले ६७ रन जोडेका थिए। बलिङ तर्फ नामिबियाका लागि रुवेल ट्रम्पलमेनले ३ विकेट लिए।  

१ सय ८४ रनको मध्यम लक्ष्य लिएर मैदानमा उत्रेको नामिबियाले ४१ ओभरमा ४ विकेटको क्षतिमा जित हासिल गर्‍यो। उसका लागि म्यान अफ द म्याच समेत घाषित भएका ज्यान फ्राइलिंकले ६८ रन प्रहार गरे।  

यो जित संगै नामिबिया तालिकाको पाचौं स्थानमा उक्लिएको छ भने नेदरल्यान्ड्स भने दोस्रो स्थानमा कायम रहेको छ। नेपाल समेत सम्मेलित रहेको यो सिरिजमा नेपाल भने जितविहीन भएको थियो।

प्रकाशित: १६ श्रावण २०८३ ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App