मुम्बई इन्डियन्सले आईपीएल २०२६ को दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई हराएको छ। आइतबार राति वानखेडे स्टेडियममा भएको खेलमा मुम्बई ६ विकेटले जित निकाल्न सफल भएको हो।
टस जितेर पहिले बलिङ रोजेको मुम्बईविरुद्ध कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर २२० रन बनाएको थियो। कोलकाताका लागि कप्तान अजिन्क्या रहानेले ६७ रन र अंगकृष रघुवंशीले ५१ रन बनाए। मुम्बईका लागि शार्दुल ठाकुर ले ३ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले १९.१ ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएर लक्ष्य पूरा गर्यो। मुम्बईको जितमा रोहित शर्माले ७८ रन र रायन रिकेल्टनले ८१ रन बनाए।
यो जितसँगै मुम्बईले १४ वर्षपछि (सन् २०१२ पछि) आफ्नो सिजनको पहिलो खेल जितेको छ। यसअघि १३ सिजनसम्म मुम्बईले आफ्नो उद्घाटन खेलमा हार बेहोर्दै आएको थियो।
प्रकाशित: १६ चैत्र २०८२ ०८:३७ सोमबार



